काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनल हाइड्रोपावर कम्पनीको नाफा घटेको छ। 

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा ४५ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २१.३७ प्रतिशतले घटेर २ करोड ७४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ४९ लाख रुपैयाँ थियो। 

पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। विद्युत बिक्रीको आम्दानी २.६१ प्रतिशतले बढेको छ। 

चुक्तापुँजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसको आकार २५.६६ प्रतिशतले घटेर १ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भ र सरप्लसमा २ करोड ३८ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.९६ रुपैयाँ थियो। पीई रेसियो १९०.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.३२ रुपैयाँ रहेको छ।