काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २१४७.४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
पहिलो त्रैमासमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ करोड ७७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी ६०.२४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ६ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी ७६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३ करोड ७७ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको ईपीएस बढेर ३.६४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २.९६ रुपैयाँ थियो। पीई रेसियो ५८.५४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९०.२९ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago