काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनीको नाफा ५४.९४ प्रतिशतले ओरालो लागेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५२ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनी नाफा १ करोड १७ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३०.१३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ५५ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर ४ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ।
कम्पनीको रिजर्भको आकार पनि ३१.०७ प्रतिशतले घटेर ८० लाख ६६ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष रिजर्भमा १ करोड १७ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.०२ रुपैयाँ र पीई रेसियो ६१.७५ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ भने १०३.०१ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago