काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा घलेम्दी हाइड्रो लिमिटेडले घाटा व्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट ७५ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको रिजर्भ ४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.१४ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९१.७७ रुपैयाँ रहेको छ।