काठमाण्डौ । विद्युत नियमन आयोगले हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयरको आकार घटाएर सहमति प्रदान गरेको छ।
हिमालय उर्जाले हाल कायम चुक्तापुँजीको १ः२ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति मागेको थियो। तर, आयोग हिमालय उर्जा चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि सहमति प्रदान गरेको हो।
आयोगले गत चैत २६ गते हिमालय उर्जालाई हकप्रद सेयर निष्कासनका लागि सहमति प्रदान गरेको पत्र पठाएको थियो।
अब हिमालय उर्जाले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेस गर्नेछ। सेबोनबाट अनुमति पाएपछि मात्रै हिमालय उर्जाले हकप्रद जारी गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19