काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म १३ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीले नाफा ३८.१३ प्रतिशतले कम हो। 

यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७.५४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १३ करोड ५६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड ४० लाख रुपैयाँ थियो। रिजर्भको आकार ४४.२१ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकरण ईपीएस ८.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११४.०९ रुपैयाँ रहेको छ।