काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा जीवन खनाललाई नियुक्त गरेको छ।
कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त खनालले गत कात्तिक ५ गतेदेखि कार्यभार सम्हालेका छन् ।
उनी यसअघि स्वस्तिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालीन स्वाबलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि असिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त, स्वदेशी लघुवित्त, स्वस्तिक लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19