काठमाण्डौ । विपिडब्लु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनी गत आवको पहिलो त्रैमासमा भने २५ लाख ८५ हजार रुपैयाँ नोक्सानीमा थियो । 

कम्पनी चालू आवको उक्त अवधिमा खुद ब्याज आम्दानी बढेको तथा १ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठेकोले गर्दा नाफामा गएको हो ।कम्पनीले गत आवमा २० लाख ८ हजार खुद ब्याज आम्दानी गरेको थियो भने यो आम्दानी चालू आवमा बढेर ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीले जगेडा कोषमा९ लाख ८७ हजार  रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा १८ करोड ९५ लाख  रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ । 

कम्पनीको चुक्तापूँजी ३ करोड रुपैयाँ रहेको छ । यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ८९.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १.१२ गुणा र प्रतिशेयर नेटवर्थ १०३.२९ रुपैयाँ रहेको छ ।