काठमाण्डौ । सरकारले व्यक्तिगततर्फ आयकरको सीमालाई बढाएको छ । 

बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आयकरको सीमा बढाउने घोषणा गरेका हुन् । 

अब अविवाहित व्यक्तिले वार्षिक रु. ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर तिरे पुग्नेछ । यस्तै, विवाहितको हकमा आयकरको सीमा ६ लाख पुर्याइएको छ । अब ६ लाखसम्म वार्षिक आय गर्ने विवाहितले १ प्रतिशत आयकर तिरे पुग्छ ।

यसअघि यस्तो सीमा अविवाहितको हकमा रु. ४ लाख र विवाहितको हकमा ४ लाख ५० हजार रुपैयाँ रहेको थियो ।  

यस्तै, बीमा प्रिमियमबाट आयकर घटाउन पाउने सुविधाको सीमा पनि सरकारले बढाएर रु. ४० हजार पुर्याएको छ ।