काठमाण्डौ ।नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ आज अर्थात् शुक्रबारदेखि बिक्री खुला भएको छ।

पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न शुरु गरेको हो । त्यस्तै, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ ।

त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।