काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले आज मंसिर २६ गतेदेखि थप दुईवटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।
नयाँ खोलिएका शाखामा ८७औँ शाखाको रुपमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल शाखा र ८८औँ शाखाका रुपमा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१० स्थित कमलविनायक शाखा तथा एक्सटेन्सन काउन्टरका रुपमा ललितपुर जिल्लाको गोदाबरी नगरपालिका–५ स्थित लेले एक्सटेन्सन काउन्टर छन्।
बैंकको इमाडोल शाखाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले संयुक्त रुपमा गरेका थिए।
त्यस्तै कमलविनायक शाखाको उद्घाटन बैंक सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले संयुक्त रुपमा गरेका थिए। लेले एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदाबरी नगरपालिका–५ वडाध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरेका थिए।
यीसँगै बैंकको विभिन्न स्थानमा गरी जम्मा ८८ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउनटर स्थापना भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19