 
                     
                                
                             
                                    काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौं वािर्षक साधारण सभा पुस २९ गते शुक्रबारका दिन हेटौंडास्थित होटल सामनामा सम्पन्न गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा आ.व. २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित भएका छन् ।
सभाबाट आगामी ४ वर्षका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव गोयल र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ।
साथै सोही सभाबाट संचालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको छ ।
सभाबाट आ.व. २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित भएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19