काठमाण्डौ ।शिवम होल्डिङग्स लिमिटेडले आगामी कात्तिक २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।
गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय अनामनगर, काठमाण्डौमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सो सभाले कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख किता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी,सोही सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा समेतबाट हाल कायम सेयरधनीहरुलाई चार प्रतिशतका दरले १७ करोड ४४ लाख नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको सञ्चालकमा सात जना रहेकोमा घटाएर पाँच जना कायम गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago