काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको अन्तिम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबापत ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

यो अवधिमा कम्पनीले १ करोड रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको छ। 

चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ भने ८ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्षको अन्तिम त्रैमाससम्म रिजर्भमा १ करोड ८४ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २८.६९ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.१० रुपैयाँ रहेको छ। 

धितोपत्र दोस्रो बजारमा अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिसेयर ३७९ रुपैयाँ कायम रहेको छ।