काठमाण्डौ । शुभम पावर लिमिटेड समयमै वार्षिक साधारण सभा सभा गर्न असमर्थ हुने देखिएको छ । 

कम्पनीले साधारण सभाको म्याद थप गरि पाँउ भनि कम्पीको रजिष्ट्रार कार्यालयमा निवेदन पेश गरेको छ । कम्पनीले वार्षिक साधारण सभाका लागि तीन महिनाको म्याद थपको माग गर्दै निवेदन दिएको छ । 

कम्पनीले गत असार २ गते आएको बाढीले तल्लो पिपुवा खोला साना जलविद्युत आयोजनामा व्यापक क्षति पुर्याएको र सोको पुननिर्माण गर्न तीव्र गतिमा भईरहेको र बीमा दाबीको टुंगो समेत नलागेकाले वार्षिक साधारण सभा गर्न सक्ने अवस्थामा नरहेको निवेदनमा उल्लेख गरेको छ । 

कम्पनी ऐन २०६३ को दफा ७१(१) तथा कम्पनीको नियमावलीको नियम १८(२) बमोजिम कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात पुस मसान्तभित्र गरिसक्नु पर्ने प्रावधान रहेको छ ।