काठमाण्डौ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ५० करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मुलुकको वित्तीय विवरण अनुसार चालू आवको दुई महिनामा चालू खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालू खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आएरु ८५ करोड ८ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा छ ।