काठमाण्डौ । अघिल्लो वर्ष साढे २६ प्रतिशत बोनस सेयर वितरण गरी लगानीकर्तालाई उत्साहित बनाएको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले यो वर्ष भने लगानीकर्तालाई १.२३ प्रतिशत मात्र बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

नाफाअनुसार राम्रै बोनस सेयरको आशा गरेर बसेका लगानीकर्ताहरुले १.२३ प्रतिशत बोनस सेयर र ८.७७ प्रतिशत नगद लाभांशमा चित्त बुझाउनु परेको छ । 

कम्पनीको असोज १८ गते बसेको २७२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बोनस सेयर कम र नगद लाभांश बढी वितरणको निर्णय गरेको हो । 

यो निर्णयअनुसार कम्पनीले कुल ८ करोड १५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । ९८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र ७ करोड १ लाख ६५ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नुपर्नेछ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।