काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा र गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने ६६ करोड ४१ लाख ५६ हजार ११४.९६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ६.६५ प्रतिशतले हुन आउने ६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ३ करोड ३२ लाख ७ हजार ८०५.७५ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।