काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को आर्थिक वर्ष २०७९–८०को नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाउने भएको छ। 

योजना व्यवस्थापक सनराइजन क्यापिटलले आज एक सूचना प्रकाशित गरी भोलि असोज २६ गतेबाट इकाइधनीहरुको बैंक खातामा उक्त योजनाको नगद लाभांश जम्मा गरिने जानकारी गराएको हो। 

यो योजनाका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षका लागि करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ। सोहीबमोजिम इकाइधनीहरुको डिम्याट अकाउन्टमा अद्यावधिक भएको बैंक खातामा नगद लाभांश जम्मा गरिने क्यापिटलले जनाएको छ। 

आफ्नो इकाइ धितो राखेका इकाइधनीको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने क्यापिटलले जनाएको छ।