काठमाण्डौ । ब्रिटेनले विश्व महामारी कोरोनाभाइरसविरुद्ध पहिलो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्म बजारमा आउने जनाएको छ।
अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु कोरोनाविरुद्धको पहिलो भ्याक्सिन विकास गर्न अहिले दिनरात खटिरहेका छन्। उनीहरु यो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्ममा बजार आउने दाबी गरिरहेका छन्। ‘अहिले विश्वका विभिन्न देशहरुमा कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्ने काम भइरहेको छ, उनीहरुले सम्भवतः १२ देखि १८ महिनासम्म भ्याक्सिन विकास हुने बताइरहेका छन्’, ब्रिटेनका मुख्य वैज्ञानिक सल्लाहकार डा पेट्रिक भल्लेन्स भन्छन्, ‘हामीले विकास गर्न लागिको भ्याक्सिन सम्भवतः उनीहरुको भन्दा छिटो बजारमा आउने छ।’
अक्सफोर्डका वैज्ञानिकहरुले युनिभर्सिजिस जेन्निर इन्स्टिच्युट र अक्सफोर्ड भ्याक्सिन ग्रुपसँगको सहकार्यमा भ्याक्सिन विकासको काम गरिरहेका छन्। यो टिमले १८ वर्षदेखि ५५ वर्ष उमेरसमूहका ५ सयजना स्वयंसेवकमा यो भ्याक्सिन परीक्षण गर्नेछ।
ती ५ सय स्वयंसेवकमा यही महिनादेखि यो भ्याक्सिनको परीक्षण हुनेछ। यदि यो परीक्षण सफल भएमा सन् २०२० को अन्त्यसम्ममा ज्यानमारा कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने उनीहरु बताउँछन्।
तीन चरणमा हुने परीक्षणका क्रममा यदि यो भ्याक्सिन प्रभावकारी देखियो भने यसको उत्पादन ठूलो परिमाण गरिने पनि डा पेट्रिक बताउँछन्। ‘ती स्वयंसेवक सहभागीहरुलाई यो भ्याक्सिन परीक्षणका लागि ६ महिनासम्म निगरानीमा राखिनेछ’, उनले भने, ‘यसबाट के प्रस्ट हुने छ भने यो भ्याक्सिनले पूर्ण रुपमा कोरोना ठिक पार्नेछ वा रोकथाममात्र गर्नेछ।’
त्यसो त भ्याक्सिन विकासमा लागिपरेको टोलीले यदि कोरोना संक्रमणको अवस्था भयवाह भए यो भ्याक्सिन विकासको कार्यमा चुनौती थपिने जनाएको छ। यसैगरी यदि कोरोना संक्रमण एकाएक रोकिएमा पनि यो भ्याक्सिनको प्रयोग निरर्थक हुन सक्ने टोलीको भनाइ छ।
अहिले कोरोनाविरुद्धको भ्याक्सिन कहीँ पनि बनिसकेको छैन। कोरोना संक्रमणबाट बच्न अधिकांश देशले लकडाउन गरी जनतालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनेका छन्। कतिपयले सामान्य लक्षण देखिएको अवस्थामा पारासिटामोल खाइरहेका छन्।
गत साता ब्रिटेनमा हजारौँ स्कुले विद्यार्थीहरुलाई क्षयरोग (टीबी) विरुद्धको भ्याक्सिन बीसीजी लगाइएको थियो। बीसीजी खोपले पनि कोरोना संक्रमण रोकथाम गर्न सक्ने केही वैज्ञानिकहरुले दाबी गर्दै आएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19