unilever nepal limited
काठमाण्डौ । बजारमा सबैभन्दा महङ्गो सेयरमूल्य रहेको युनिलिभर नेपाल लिमीटेडको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो मल्टिनेशन कम्पनीको नाफा १५ करोड ३० लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १८ करोड ७८ लाख थियो ।
यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम बिक्री मूल्य २८ हजार रुपैयाँ रहेको छ ।
खूद बिक्री तथा अन्य संचालन आम्दानीमा भएको भारी गिरावटले यो कम्पनीको नाफा घटेको देखिएको छ । गत वर्षको दोश्रो त्रैमासमा १ अर्ब ५ करोड रहेको बिक्रीबापतको आम्दानी घटे १ अर्ब २ करोडमा सीमित भएको छ । यस्तै, अन्य संचालन आम्दानी १५ करोड ८६ लाखबाट घटेर ३ करोड ३९ लाखमा समेटिएको छ । यसरी यो कम्पनीको खूद संचालन आम्दानी १ अर्ब २१ करोडबाट घटेर १ अर्ब ५ करोडमा सीमित भएको देखिएको छ ।
यो कम्पनीको बिक्री र वितरण खर्च, विज्ञापन खर्च, उत्पादन खर्च तथा कच्चा पदार्थतर्फको खर्च घटे पनि प्रशासनिक तथा संचालन खर्च ह्वात्तै बढेपछि नाफा नियन्त्रणमा आउन नसकेको देखिएको हो । कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ रहेको प्रशासनिक तथा संचालन खर्च बढेर ४ करोड ६ लाख पुुगेको छ ।
कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानी १६६ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २०४ रुपैयाँ थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.६८ गुणा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago