काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई प्राथमिकता दिइएको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन् । सो क्रममा उनले सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेका छन् ।
उनले कृषि उत्पादन बढाई मुलुक आत्मनिर्भर बन्नका लागि कृषिविज्ञ र कृषि प्राविधिकलाई स्थानीय तह र वडासम्मै परिचालन गरिने बताएका हुन् ।
यस्तै, उनले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् ।
बजेटमा उनले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने घोषणा समेत गरिएको छ ।
सरकारले समेत लगानी गरिदिएर कृषक पेन्सन योजना समेत कार्यान्वयनमा ल्याउने अर्थमन्त्रीको घोषणा छ ।
यस्तै, सरकारले आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट छुट्याएको छ ।
सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago