IPO
काठमाण्डौ । समता माइक्रो फाइनान्सले खुलाएको सेयरको प्राथमिक निश्कासन(आइपीओ)ले सार्वजनिक निश्कासनमा नयाँ रेकर्ड कायम गरेको छ ।
माग गरिएको आवेदनको तुलनामा २१३ गुणा बढी प्रस्ताव परेसँगै नयाँ रकर्ड कायम भएको हो ।
पहिलो दिन नै माग गरेको भन्दा करिब ३२ गुणा बढीको आवेदन परेर रेकर्ड बनाएको समताको आइपीओमा अन्तिम दिन(चौथो दिन)सम्म मागको तुलनामा करिब २१३ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेडले जनाएको छ ।
बाराको सिमरामा अवस्थित यो माइक्रो फाइनान्सले पुस १९ गतेदेखि २२ गतेसम्म ९४ लाख ८० हजार रुपैयाँ बराबरको कुल ९४ हजार ८ सय कित्ता सेयरको प्राथमिक निश्कासन गरी आवेदन आह्वान गरेको थियो । यसमा कुल १ अर्ब ८८ लाखको प्रस्ताव परेको हो । अन्तिम दिन मात्रै २९ हजार २ सय आवेदनबाट ७४ करोड रुपैयाँको प्रस्ताव परेको बिक्री प्रबन्धकले जनाएको छ ।
तेश्रो दिनसम्म देशभरका संकलन केन्द्रबाट ५४ हजार आवेदन र कुल १ अर्ब १४ करोड बढीको प्रस्ताव आएको थियो ।
हालसम्मको कुनै पनि सार्वजनिक निश्कासनहरुमा यति अचाक्ली आवेदन परेको थिएन । ‘समताको आइपीओले प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनाएको छ ।’ बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलका एक अधिकारीले बिजशालासँग भने–‘पहिलो दिन, दोश्रो दिन हुँदै अन्तिम दिनसम्म आइपुग्दा समेत नयाँ रेकर्ड कायम भएको छ । ’
इच्छुक लगानीकर्तालाई न्यूनतम ५० देखि ५ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।
यो माइक्रो फाइनान्स कम्पनीले कुल निश्कासन गरेको आइपीओमध्ये १ हजार ८ सय ९६ कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ४ हजार ७ सय ४० कित्ता १० वटा म्युुचुुअल फण्डलाई र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी हालको २ करोड २१ लाखबाट ३ करोड १६ लाखको उचाईमा पुुग्नेछ । यो माइक्रो फाइनान्सको अधिकृत पूँजी ५ करोड रुपैयाँको छ । यस्तै, आइपीओपछि कम्पनीमा संस्थापक साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७० : ३० प्रतिशतमा रुपान्तरण हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago