काठमाण्डौ । सेयरमूल्य समायोजनपछिको दुई कारोबार दिनमै समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ ।

समता माइक्रोफाइनान्सको बुधबार सेयरमूल्य समायोजन भएको थियो । मूल्य समायोजनपछि ४९१ रुपैयाँमा कारोबार खुलेको संस्थाको प्रतिकित्ता सेयर बुधबार ४९ रुपैयाँ र बिहीबार ५४ रुपैयाँले बढेको हो।

कारोबार सुरु भएको डेढ घन्टामै बिहीबार पनि संस्थाको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लाग्यो कम्पनीको सेयमूल्यमा १० प्रतिशतले बढोत्तरी भएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ५४ रुपैयाँले बढेर ५९४ पुगेको छ ।

हिजो पनि संस्थाको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको थियो । संस्थाको सेयर प्रतिकित्ता ४९ रुपैयाँले बढेर ५४० रुपैयाँ पुगेको थियो ।

संस्थाको बुधबारै नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको थियो। लघुवित्तले २०० प्रतिशत हकप्रदका लागि बुकक्लोज गरेसँगै नेप्सेले बुधबार संस्थाको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४९१ रुपैयाँ कायम गरेको थियो। समायोजित मूल्यलाई आधार मानेर बुधबार संस्था को शेयर कारोबार खुलेको थियो।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा संस्था को सेयर खरिद गर्ने चापमात्र उच्च देखिएको छ। संस्था को ३ हजार ७०० कित्ता सेयर खरिद पोस्ट भएको छ । संस्था को सेयर बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छैन ।