काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर असोज २६ गतेदेखि निष्कासन गर्ने भएको छ ।

संस्थाले चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ः२ अनुपातमा रु. १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको चुक्तापुँजी १८ हजार २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

संस्थामा ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारण सेयरधनी छन् ।

लगानीकर्ताले मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउनेछन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीए एस क्यापिटल लिमिटेड तोकिएको छ ।