काठमाण्डौ । आज बजार करिब ९ अंक बढेर बन्द भएको छ।

बजार बढेता पनि अघिल्लो दिनको तुलनामा कारोबार भने बढ्न सकेन। यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको बुझिन्छ । 

आजको बजारलाई प्राविधिक रुपमा एकघण्टाको समय अवधिमा हेर्दा पनि बजार सम्हालिन खोजेको बुझिन्छ । डेली बेस्डमा हेर्दा भने बजार २ हजार माथि भोल्युमसहित टिकेमा योपटक पनि १९६० बाट नै फर्केको निक्र्यौल गर्न सकिन्छ। 

एक घण्टाको समय अवधिमा बजारलाई नियाल्दा बजार लोअर ब्यान्डबाट मध्य ब्यान्डतर्फ आकर्षित बनेको देखिन्छ । तर मध्य ब्यान्ड ब्रेक गरेर माथि जान सकेको छैन । 

एकघण्टाकै समय अवधिमा म्याक्डीमार्फत हेर्दा बियरिस अवस्थामा रहेको बजारमा हिस्टोग्राम छोटाछोटा र फिक्का हुँदै गएको देखिन्छ । यसले अल्पकालीन बढोत्तरीको सम्भावना देखिन्छ । 

थोरै समयमा नै आरएसआई पनि करिब ओभरसोल्ड जोनबाट माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । आजको बजारले खासै कुनै कन्फरमेसन दिएको अबस्था भने होइन । यदि आगामी दिनमा बजारले बोलिङ्गरको मध्यब्यान्ड ब्रेक गरेर माथि जान्छ र म्याक्डीमा पनि बुलिस क्रसओभर बन्छ भने बजारले योपटक पनि १९६० मा हाएर लो कन्फरमेसन गरेको मान्न सकिन्छ । यो भनेको बजारमा अल्पकालीन बाउन्सको सम्भावना हुन सक्छ भन्ने हो ।