काठमाण्डौ । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि भएको घोषणा गरेका हुन् । 

बढेको तलबमान साउन १ गतेदेखि लागू हुनेछ । 

यस्तै, कर्मचारीहरुले यसअघि पाउँदै आएको महंगीभत्तालाई समेत सरकारले निरन्तरता दिएको छ । 

कर्मचारी तथा श्रमिकहरुको न्यूनतम तलबसुविधाको पुनरावलोकनका लागि एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने समेत घोषणा भएको छ ।

सरकारले संघीय निजामति ऐन समेत जारी गर्ने घोषणा गरेको छ । यस्तै, संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनरसंरचनाका लागि आवश्यक अध्ययन समेत हुने भएको छ ।