काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो वार्षिक साधारणसभामा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ।
कम्पनीले यो विधिका आईपीओ निष्कासनका लागि आफ्नो दोस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेस गर्ने भएको हो। सोही सभामा यो विशेष प्रस्तावमाथि छलफल गरेर अनुमोदन गर्नेछ।
कम्पनीले वार्षिक साधारणसभा यही माघ ६ गते मंगलबार डाकेको छ। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वासला, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19