काठमाण्डौ । नेपाल आयल निगमले सहमति पालना गरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने भएका छन्।
निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलन उत्रिन बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने उल्लेख छ।
यसअघि गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि कार्यान्वयन नभएको विज्ञप्तिमा जनाइएको छ। निगमको प्रतिबद्धतापछि महासंघले गत साउन २१ गतेदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता गरेको थियो।
महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैँलाई ट्यांकर चलाउन पनिआग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19