काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडले आगामी साउन २७ गतेदेखि ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।
धितोपत्र बोर्डले साउन १ गतेदेखि सार्वजनिक निश्कासनहरुमा आवेदन गर्दा आस्वा प्रणाली अनिवार्य गरेकोले देशभरका विभिन्न बैंकका शाखाहरुमा उपलब्ध यस्तो सेवालाई उपयोग गरी लगानीकर्ताले आवेदन दिनसक्ने छन् । २७ गतेदेखि निश्कासन हुने आइपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडले जनाएको छ ।
नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत बित्तीय अवस्था निकै कमजोर छ भन्ने पनि हो । यसर्थ, आइपीओ भन्दैमा कुरा नबुुझी धेरै पैसा फसाउनु गलत हुनेछ ।
धितोपत्र बोर्डले पछिल्लो समय आइपीओमा साना लगानीकर्ता ठूलाबाट प्रताडित भएका भन्दै सबै आवेदकलाई प्रति कित्ता १० का दरले अनिवार्य सेयर पाउने व्यवस्था गरेको छ । यो कम्पनीको आइपीओमा समेत यही व्यवस्था लागू हुनेछ । प्रत्येक आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गर्दा समेत सेयर कित्ता बाँकी रहे त्यसको बाँडफाँड चिठ्ठाको माध्यमबाट गर्न सकिने व्यवस्था छ ।
यो जलविद्युत कम्पनीले गत मंसिरमा दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ६० हजार कित्ता सेयर आइपीओ गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि निश्कासन हुने आइपीओको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँको उचाईमा पुुग्नेछ ।
यो कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत आयोजना निर्माण गरी संचालन गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago