काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुलाई २६.३१६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यो लघुवित्तको मंसिर ७ गते बसेको संचालक समितिको ३२९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ६२ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले १५ लाख ७२ हजार ६९ कित्ता बोनस सेयर वितरण गर्नुपर्नेछ । 

कर प्रयोजनका लागि ८२ लाख ७४ हजार ५१ रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ७९ करोडको हाराहारीमा पुग्नेछ ।