काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा २४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

पहिलो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा पनि २.६७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा २५ करोड ६४ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर २६ करोड रुपैयाँ ३२ लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २.५३ प्रतिशतले बढेर ३२ करोड ९८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३२ करोड १७ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी ३ अर्बकरोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड रुपैयाँ र अन्य रिजर्भमा ५५ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र अन्य रिजर्भमा क्रमशः १ अर्ब १५ करोड रुपैयाँ र ९५ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७.९७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ७.५२ रुपैयाँ थियो। पीई रेसियो ३५.७५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ र आरओई ३.७६ प्रतिशत रहेको छ।