काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७.६६ प्रतिशतले बढेको छ। गत वर्ष २२ करोड ६३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २४ करोड ३६ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ०.९३ प्रतिशतले बढेर ३४ करोड ३८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। 

चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९१ करोड ५० लाख रुपैयाँ रहेको छ। गत वर्ष रिटेन्ड अर्निङमा ८७ करोड ८० लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.६८ रुपैयाँ रहेको छ। गत वर्ष ईपीएस ८.८६ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.८२ रुपैयाँ रहेको छ।