काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको प्रतिफल घोषणा गरिएको छ। 

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको प्रतिफल घोषणा गरिएको हो। सानिमा क्यापिटलको हिजो भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्डका इकाइधनीहरुलाई ३३ प्रतिशत र सानिमा लार्ज क्याप फन्डका इकाइधनीहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

घोषित प्रतिफलअनुसार सानिमा इक्विटी फन्डका इकाइधनीहरुलाई ४२ करोड ९० लाख रुपैयाँ र सानिमा लार्ज क्याप फन्डका इकाइधनीहरुलाई ४ करोड ८० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गरिने सानिमा क्यापिटलले जनाएको छ।

प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि तय गरिने सानिमा क्यापिटलले जनाएको छ।