काठमाण्डौ । सानिमा बैंकको छावृत्तिका लागि आवेदन खुला गरिएको छ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै छावृत्तिका लागि आवेदन खुला गरिएको हो। बैंकले लामो समयदेखि काठमाण्डौ उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति (शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक २ हजार रुपैयाँ नगदवृत्ति) प्रदान गर्दै आइरहेको छ।
सोही छावृत्तिलाई निरन्तरता दिँदै बैंकले माध्यम तह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यकाबाहिर सानिमा बैंकका शाखा रहेका स्थानका स्थायी बासिन्दाहरुमध्येबाट २०७९ साल वैशाख महिनामा सञ्चालित एसईई परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुमध्येबाट आवेदन दिन बैंकले आग्रह गरेको छ।
छात्रवृत्तिको रकम प्रतिवर्ष प्रतिविद्यार्थी ५० हजार रुपैयाँसम्म हुने बैंकले जनाएको छ। जसमा मासिक खर्चका लागि प्रतिमहिना २ हजार रुपैयाँ नगद वृत्ति समावेश हुने बैंकले स्पष्ट पारेको छ।
छात्रवृत्ति पाउन के–के हुनुपर्छ ?
आवेदन फारम भर्ने अन्तिम मिति भदौ ३१ गते कार्यालय समयभित्र तोकिएको छ।
सानिमा बैंकको उपत्यकाबाहिर रहेका सम्पूर्ण शााहरुबाट छात्रवृत्ति प्रदान गरिनेछ। शाखाहरुको जानकारी सानिमा बैंकको वेबसाइटबाट लिन सकिनेछ। अन्य जानकारी लागि बैंकको प्रधान कार्यालय तथा सम्बन्धित शाखाहरुमा सम्पर्क राख्न सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19