काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको असोज १५ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बोनसको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत ५ प्रतिशतमै समावेश गरिएको छ । 

यो हिसाबले २१ करोड १० लाख बराबरको बोनस सेयर र १० करोड ५५ लाख बराबर नगद लाभांश वितरण गर्नेछ । 

कम्पनीले आफ्नो सातौं वार्षिक साधारणसभा कात्तिक ८ गते बिहीबारको दिन गर्ने निर्णय समेत गरेको छ । सोही सभामा प्रस्तावित लाभांशको अजेण्डा पेश गरिनेछ। 

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारणसभामा सहभागी बन्न कात्तिक ७ गतेसम्म यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।