काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आवेदन खुलेको तेस्रो दिनसम्म यो कम्पनीको आइपीओमा मागभन्दा करिब ६ गुणा बढी आवेदन परिसकेको छ । तसर्थ, उचालिएर धेरै कित्ताका लागि भन्दा पनि १० कित्ताका लागि आवेदन गरे पुग्नेछ ।
निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा तेस्रो दिनसम्म झण्डै साढे ७ लाख हाराहारीको आवेदन परिसकेको छ । उनीहरुले कुल १ करोड ६५ लाख कित्ता खरीदका लागि आवेदन दिएका छन् ।
यो कम्पनीले गत बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयर पोर्टलमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनी चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago