काठमाण्डौ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो पुस २४ गते काठमाण्डौको धुम्बाराहीस्थित चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सभाहलमा डाकिएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभामा सञ्चालक समितिका अध्यक्षबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत भई छलफल हुनेछ। सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात र गत आर्थिक वर्षको नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेभित्र कायम सेयरधनीहरुमात्र सभा भाग लिन योग्य हुनेछन्।