काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन अनुमोदन गर्नेछ।
गत आर्थिक वर्षका लागि भने कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ। सोही कारण कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।
सभा प्रयोजनका लागि आउँदो पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago