काठमाण्डौ । सामलिङ पावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीलाई २ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई ६ करोड २० लाख रुपैयाँ घाटा भएको थियो। अघिल्लो वर्ष तुलनामा कम्पनीले घाटा घटाउन भने सफल भएको छ। 

कम्पनीको सञ्चालन मुनाफा भने बढेर १४ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा ६ करोड १२ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ९३.४६ प्रतिशतले बढेर २६ करोड २ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २०.८९ प्रतिशतले घटेर ६ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ७ करोड ८४ लाख रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.२८ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १.६० रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.४१ रुपैयाँ रहेको छ।