काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले सामाजिक सञ्जालका ‘स्वघोषित’ सेयर बजार (मार्केट) पण्डितहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
राजधानीमा आज आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो चेतावनी दिएका हुन्। ‘सामाजिक सञ्जालहरुमा तथाकथित मार्केट पण्डितहरुले सेयर बजारका बारेमा प्रेडिक्सन गर्ने गरेका छन्, त्यो गैरकानुनी हो’, उनले भने, ‘त्यस्ता मार्केट पण्डितहरुमाथि अब कारबाही हुन्छ।’
यस्ता गतिविधिहरु नियन्त्रण गर्ने ऐन–कानुनको अभाव रहेको उल्लेख गर्दै अध्यक्ष हमालले हाललाई सीआईबीको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। ‘समय सान्दर्भिक ऐन–कानुन छैन भनेर त्यस्ता गतिविधि गर्नेहरुलाई छुट दिन मिल्दैन र उन्मुक्ति दिन खोज्नु पनि हुँदैन’, उनले भने, ‘हाल विद्यमान कानुनबमोजिम भए पनि त्यस्तालाई कारबाही हुन्छ।’
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago