काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतले घटेको छ। गत वर्ष कम्पनीले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा १ अर्ब ५९ करोड रुपैयाँको मात्रै आम्दानी गरेको छ। 

कम्पनीले अन्य शीर्षकमा १ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिमा १ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै बढेर १ अर्ब ३१ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.४८ रुपैयाँ रहेको छ। पीई रेसियो ९९६.३० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ४४९.६६ रुपैयाँ रहेको छ। 

राष्ट्रि तथा अन्तर्राष्ट्रिय जगतमा आउने आर्थिक उतारचढाव, अस्वस्थ व्यापारिक प्रतिस्पर्धा र विश्व महाकारी कोरोनाभाइसको प्रभावले कम्पनीको कारोबारमा असर परेको वित्तीय विवरणमा उल्लेख छ।