 
                     
                                
                             
                                    काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट नियमित समयका लागि खुलेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र प्रि–ओपन सेसनमा सेयर किनबचे भएसँगै यो कम्पनीको सेयर नियमित समयका लागि खुलेको हो। आज प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले पहिलो कारोबारका लागि सिक्लेस हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।
आजबाट नियमित समयका लाग भने खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुलेन। नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको सेयर किनबेच नभएका कारण नियमित समयका लागि कारोबार नखुलेको हो। खप्तड लघुवित्तलाई नेप्सेले पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँ तोकिएको छ।
अब भोलि प्रि–ओपसन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएको खण्डमा नियमित समयका लागि कारोबारमा आउनेछ।
यी दुवै कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका थिए।
नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्।
खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तको आईपीओ बाँडफाँड भने गत भदौ २० गते भएको थियो।
यसैगरी नेप्सेमा सिक्लेस हाइड्रोपावरको १०० अंकित दरका कुल ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापकको ६५ लाख कित्ता, सर्वसाधारणको ११ लाख ५० हजार कित्ता र स्थानीयको ८ लाख ५० हजार कित्ता छन्।
यो कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत असोज ११ गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19