काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
 
उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 
 
सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत गरेको छ । 
 
उक्त अवसरमा सभाका अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार आगामी दिनमा कारवाही सञ्चालन गर्ने र संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने बताए ।
 
यसैगरी, सभाले प्रवल जङ्ग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट कम्पनीको सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको छ ।
 
कम्पनीले देशैभरका १८८ वटा शाखा, १४८ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको  बताएको छ । 
 
कम्पनीले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।