काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई सूचीकृत भएको छ ।

यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।

कम्पनी र नेप्से बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा म्पनीको १० प्रतिशत वार्षिक व्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९० डिबेन्चरको दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।