काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित  जनता आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत रु ७०,०००। को आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । यस विद्यालयले स्थापनाकाल देखि नै त्यस क्षेत्रभित्रका विशेषत जनजाति , दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाई ज्ञानको ज्योति छर्दै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरी वितरण गरिएको बैंकले जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।