काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु १ लाख सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको बताएको छ । 

यस अघि पनि कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु ४९ लाख सहयोग गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको उल्लेख गर्दै सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको दाबी गरेको छ । बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको जनाएको छ । साथै यस बैंकको एटिएम , कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको बताइएको छ ।