काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको पुल्चोकस्थित होटेल स्क्वायरमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा प्रचलित धितोपत्रसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई छुट्याएको सेयर अंकित मूल्य वा प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19