काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ । यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेटमार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यही प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् । 

ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बंैकका तोकिएका शाखाहरुमध्ये आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् । बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको जनाएको छ । 

बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको बताएको छ ।