काठमाण्डौ । सिद्धार्थ बैंकले आज  स्याङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । 

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवामार्फत् उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।